सहिद स्मारक फुटबलमा जाउलाखेलको सान्दार जीत



काठमाडौँ।सहिद स्मारक फुटबल प्रतियोगितामा जाउलाखेल युथ क्लबले विग्रेड ब्वाइज क्लबलाई उछिन्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ ।

ललितपुर जिल्लाको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा आज सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो ।

जाउलाखेलको जीतमा सुजित बुढाथोकी उत्कृष्ट बने । खेल सुरु भएको पहिलो हाफको ३२आँै मिनेटमा गरेको सुजितले एक गोल गरेका थिए।जुन निर्णायक गोल बन्यो। यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ । समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्