नुवाकोटको पञ्चकन्यामा हुने चेयरमेनकप भलिबल प्रतियोगिता तयारी पुरा



काठमाडौ।नुवाकोटको पञ्चकन्या गाउँपालिकामा हुने चेयरमेनकप भलिबल प्रतियोगिता कार्यक्रमको तयारी पुरा भएको छ।”खेलकुद मार्फत सम्वन्ध वृद्धि, स्वस्थ जनशक्ति, पर्यटन विकास र समृद्धि”भन्ने मुल नारासहित फुटबल प्रतियोगिता यही माघ २५ अर्थात शनिबारदेखि सुरु हुनेछ।बिहिवार अर्थात आज पञ्चकन्या गाउँपालिकाले पत्रकार भेटघाट कार्यक्रम गर्दै गाउँपालिकाको कबिलासस्थित पुरानोडाडामा हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिइएको हो।

प्रतियोगिता उद्घाटनका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , संघिय सांसद हितवहादुर तामाङ, बागमती प्रदेशका उपसभामुख राधीका तामाङ, प्रदेश सांसद बद्री मैनाली लगायत अतिथिलाई आमन्त्रण गरिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ(रमेश)ले जानकारी दिनुभयो।

उनका अनुसार प्रतियोगिता २८ गते समापन हुनेछ।प्रतियोगिता समापन समारोहमा प्रमुख प्रतिपक्षी नेपाली काङग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेल र काङ्ग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई अतिथिको रुपमा बोलाइएको छ।

प्रतियोगितामा ९ गाउँपालिका र २ नगरपालिकाका ११ भलिबल समूहले प्रतिस्पर्धा गर्नेछन्।प्रतियोगितामा सुर्यगढी गाउँपालिकाले सहभागिता जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्