राज्य पुनर्संरचनाबारे हेरफेर हुनसक्छ-नेकपा अध्यक्ष प्रचण्ड 



साझापथ।माघ-२६, नुवाकोट।नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य पुनर्संरचनाबारे हेरफेर हुनसक्ने बताएका छन।हिजो नुवाकोट जिल्लाको पन्चकन्या गाउँपालिकास्थित पुरानोडाडा आयोजित अन्तर गाउँपालिका स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राज्य पुनर्संरचनाबारे हेरफेर गर्न सकिने बताएका हुन।जनता तथा आफ्ना नेता कार्यकर्तामा प्रदेश राजधानी हेटौंडा भएकोमा असन्तुष्टि रहेको स्मरण गर्दै आफुलाई समेत उक्त ठाउँ उपयुक्त नलागेको बताउनुभयो।

“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नक्साङ्कनको क्रममा म पनि खुशी छैन “अध्यक्ष प्रचण्डले भने-“गर्दै जादा यस्तै भयो,अहिले यसैमा चित्त बुझाऔ।”आफ्ना नुवाकोटे नेतालाई यस बिषयमा असन्तुष्टि पोखेर केहि गरेन भनेर गाली नगर्न समेत अध्यक्ष प्रचण्डले सुझाए। प्रचण्डले संविधानले परिमार्जन र संशोधन गर्न सकिन्छ भनेको स्मरण गर्दै सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनताबाहेक सबै कुरा संशोधन हुनसक्छ । त्यसमा वहस हुन सक्छ ।चिन्ता नगरौं,अहिले परिस्थिति यस्तै छ। अध्यक्ष प्रचण्डले प्रदेश नम्बर ५ र २ मा समेत प्रदेश राजधानी र केन्द्रबारे कुरा मिल्न नसकेको बताउदै राष्ट्रिय राजनीतिमा स्थायित्व बचाइराख्न र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयनको सहज वातावरण बनाउनका लागि प्रदेश ३ को राजधानी हेटौंडा र नाम बाग्मती राख्न बाध्य भएको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै संघीय सांसद हितबहादुर तामाङले देश निर्माणमा प्रचण्डको अतुलनीय र ऐतिहासिक योगदानको चर्चा गर्दै यसलाई जिवन्त दिन आम देशप्रेमी नेपाली जनसमुदाय एकजुट भएर लाग्नुपर्ने बताउनुभयो।कार्यक्रममा अतिथिका रूपमा संघीय सांसद नारायण खतिवडा त्यस्तै बागमती प्रदेश उपसभामुख राधिका तामाङ, सांसद केशव पाण्डे, हिरानाथ खतिवडा, बद्री मैनाली लगायतले जिल्लाको मुलभुत सडक संजाल र यसको निर्माणमा आइपरेका समस्या र अवरोधको बारेमा प्रमुख अतिथीको ध्यानाकर्षण गराएका थिए।

गाउँपालिकाका अध्यक्ष तेजवहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको मध्य सत्रमा चेयरमेन कप भलिबल प्रतियोगिता अन्तर्गत पन्चकन्या गाउँपालिका र किस्पाङ गाउँपालिकाको खेलाडी बिचको रोमाञ्चक भलिबल प्रतियोगिता समेत भएको थियो। कार्यक्रममा १३ औ साग खेलमा बिजेता नुवाकोटका खेलाडीलाई संमान समेत गरिएको थियो।

राहत शिक्षकद्वारा ध्यानाकर्षण पत्र

त्यस्तै नुवाकोट राहत शिक्षक संघर्ष समितिले नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री दाहाललाई आफ्नो लामो समयदेखिको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन।नुवाकोट राहत संघर्ष समितिका अध्यक्ष रामचन्द्र भण्डारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा सरकारले तत्काल आफ्नो मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्