रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीद्वारा ३५ आईचर रोडा बालुवा सहयोग



काठमाडौ,फागुन-४। चितवन जिल्लाको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि नुवाकाेटका आईचर व्यवसायीले ३५ आईचर रोडा बालुवा सहयोग गरेको छ ।

आईचर व्यवसायीका प्रतिनिधि इन्द्रलाल श्रेष्ठका अनुसार हिजो अर्थात शनिबार  नुवाकाेटका आईचर व्यवसायीले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि रोडा तथा बालुवा सहयोग गरेको  हो।

राष्ट्रिय झण्डा वाहक पैतिस वटा आइचरले  रंगशाला निमार्ण स्थलमै पुगी रंगशाला निर्माणका अभियन्ता कुमार कट्टेल “जिग्री” लाई नि:शुल्क रोडा बालुवा बालुवा हस्तान्तरण गरेको हो।

 धुर्मुस सुन्तली फाउन्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट निर्माणका सामाग्री सहयोग गर्नेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्