प्रिमियर लिगमा लेस्टर सिटीको जीत



काठमाडौ,फागुन-२७।गएराति भएको प्रिमियर लिगमा लेस्टर सिटीले जित भएको छ । लेस्टर सिटीले एस्टन भिल्लालाई ४-० गोलले पराजित गरेको हो । लेस्टर सिटीलाई जित दिलाउन जेम्मी भर्डी र हार्बे बार्नेसले दुईदुई गोल गरे । खेलको ४३ औँ मिनेटमा बार्नेसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।

खेलको ६३ औँ मिनेटमा भर्डीले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ७९ औँ मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८५ औँ मिनेटमा बार्नेसले पनि व्यक्तिगत दोस्रो गोल गरे ।

लिगको तेस्रो स्थानमा रहेको लेस्टरकोे २९ खेलमा ५३ अंक रहेको छ । एस्टन भिल्ला २५ अंकका साथ लिगको १९ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्