तीन लाख मास्क सहित ८ जना पक्राउ



काठमाडौ,चैत-२।प्रहरीले काठमाडौंको कपनबाट डेढ लाख र सतुंगलबाट डेढ लाख भन्दा बढी मास्क बरामद गरेको छ।कपनबाट मास्कसहित ८ जनालाई पक्राउ गरेको छ। र पक्राउ पर्नेमा काभ्रेका मिन्टु तामाङ, गणेश तामाङ र मानकाजी लामा, त्यस्तै काठमाडौंको नागार्जुनका अनिश कार्की र उज्जल अधिकारी, बाजुराका थुमराज उपाध्याय, नृप कार्की र रामेछापका शिव खड्का रहेको  प्रहरीले जनाएको छ ।

उनीहरुले मास्क अभाव सिर्जना गरेर ३ रुपैयाँको मास्कलाई झण्डै ५० रुपैयाँमा बिक्री गर्न खोजिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्