विद्युतीय चुलो र महसुल दुबैमा छुट



काठमाडौं, चैत-१४ ।सर्वसाधारणले अहिले  ग्यास अभाव महसुस गरिरहेका छन।ग्यासको अभाव महसुस गरिरहेकै  बेला सरकारले विद्युतीय चुलो प्रवर्द्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारले यस सम्बन्धि  पछिल्लो कदम चाल्दै नेपालीले प्रयोगमा ल्याउने इन्डक्सन चुलोमा १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट पाउने ब्यवस्था गर्न लागेको  हो ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार मासिक १५० युनिटसम्मको खपत गर्ने ग्राहकलाई कम्तीमा एक महिना यस्तो छुट दिइनेछ
भने तत्काल कार्यान्वयनमा आउने गरी खाना पकाउने प्रयोजनमा इन्डक्सन प्रयोगकर्तालाई विद्युत् महसुलमा २० प्रतिशतसम्म छुट दिइने भएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनका बेला इन्डक्सन चुलोको प्रयोग बढाउने गरी महसुलमा छुट दिने सैद्धान्तिक निर्णय गरेको थियो ।

जस अनुसार अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयका उच्च अधिकारी सम्मिलित बिहीबारको वैठकले १५० युनिटसम्मको खपतमा ग्राहकलाई २० प्रतिशत छुट दिने निर्णय गरेको छ।

यससग सम्बन्धित समाचार आजको गोरखापत्र दैनिक छ ।

प्रतिक्रिया दिनुहोस्