तेलको मुल्य पानी भन्दा सस्तो भएपछि



काठमाडौं,चैत्र-१७ । विश्व बजारमा तेल पानी भन्दा सस्तो भएको छ।कोरोना भाइरसका कारण विश्वका आधा भागमा लकडाउन हुँदा खपत कम भएकाले तेलको मूल्य एक महिनामै आधाले सस्तो भएको हो।

अहिले कच्चा तेलको मूल्य प्रति ब्यारल २० देखि २६ डलरको बीचमा रहेको छ।प्रति ब्यारलको हिसाबले १५९ लिटर हुन्छ।अहिले प्रति लिटर कच्चा तेलको मूल्य २० रुपैयाँभन्दा कम छ । जुन पानीभन्दा सस्तो हो ।

विश्व बजारमा पानीको खुद्रा मूल्य योभन्दा बढी छ । पिउने पानी प्रति लिटर २० रुपैयाँभन्दा बढी पर्न जान्छ ।

तेलको मूल्यबारे जानकारी दिने आयल प्राइलले आज प्रति डब्लटिआई क्रुड प्रति ब्यारल २० डलर पुगेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्