बागमती प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कोषमा ५० करोड



हेटौंडा,चैत-१८।बागमती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा हिजो अर्थात सोमबार बसेको बैठकले कोषमा ४० करोड थप्ने निर्णयसगै ५० करोड सहायता कोष रकम पुगेको हो ।

सरकारले यस अघि १० करोड  सहायता रकम भएको कोषलाई बढाएर रु ५० करोड पुर्याएको हो।प्रदेश सरकारका प्रवक्ता समेत रहेका  आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुगेलका अनुसार  मुख्यमन्त्री निवासमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन रकम बढाउने निर्णय गरिएको हो।

उनका अनुसार बैठकले प्रदेशमा कोरोना विरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दल लगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय भएको छ।

बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएका गतिविधिहरुका बारेमा जानकारी हरु आदान प्रधान गराउन संयन्त्र बनाउने निर्णय समेत गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्