कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल टेलिकमको १२ करोड सहयोग



काठमाडौं,चैत-२३। कोरोना रोकथाम तथा नियन्त्रण कोषमा नेपाल टेलिकमको १२ करोड सहयोग गरेको छ। विश्वभर फैलिरहेको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका कोषमा कम्पनीको तर्फबाट १० करोड र कर्मचारीहरुका तर्फबाट २ करोड रुपैयाँ प्रदान गरिएको हो ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक समारोहमा अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको समुपस्थितिमा प्रधानमन्त्री कार्यालयका सचिव तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका सदस्य–सचिव नारायण प्रसाद बिडारीलाई नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले १२ करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

पछिल्लो समयमा विभिन्न कम्पनी तथा बित्तीय संस्था लगायत ब्यक्तिगत सहयोग गर्नेहरु पनि बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्