राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी



काठमाडौं,चैत-२४ । नेपाल राष्ट्र बैंकको गभर्नरमा सरकारले महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई  गभर्नरमा नियुक्ति दिएको हो।गभर्नरका लागि तीन जनाको नाम सिफारिस भएको थियोे।ती तीन  नामहरुमध्येबाट सरकारले  अधिकारीलाई चयन गरेको हो ।

अधिकारीको पक्षमा अर्थमन्त्री डा. युवराज खतिवडाले अडान लिएका थिए । अधिकारी लगानी बोर्डका अध्यक्ष समेत  हुन । गर्भनर नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिश गरेर प्रस्ताव तयार पारिएको थियो ।

सिफारिश भएका अन्य तीनजना भने  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्व सचिव राजन खनालको नाम रहेको  थियो।

प्रतिक्रिया दिनुहोस्