कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रधानमन्त्रीको ७७ हजार



काठमाडौं,चैत -२८। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा ७७ हजार दुई सय ८० रुपैयाँ प्रदान गरेका छन्।प्रधानमन्त्री ओलीले विहिबार उक्त रकम भाइरस रोकथाम कोषमा जम्मा गर्न दिएको बताइएको छ ।

त्यस्तै,प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले ७० हजार ७ सय ३० जम्मा गरेका छन्।त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले ७० हजार ७ सय ३० जम्मा गरेका छन भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ६७ हजार ३० रुपैया प्रदान गरेका छन्।

त्यस्तै प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार लाल शंकर घिमिरेले ६४ हजार ७ सय २६,प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र प्रसाद भण्डारीले ६५ हजार १ सय ४०, प्रधानमन्त्रीका स्वकीय सचिव राजेश बज्राचार्यले ६० हजार ६ सय ८०,प्रधानमन्त्रीका विशिष्ट चिकित्सकले ११ हजार २ सय ८८ रुपैयाँ कोषमा जम्मा गरेका छन् ।

यससगै सँगै कोरोना कोषमा बिहीबारसम्म १ अर्ब ९१ करोड ५० लाख ४ हजार १ सय ९७ रुपैयाँ ८३ पैसा जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्