लकडाउन अवधिमा पैसा तिर्न नसक्नेको इन्टरनेट नकाट्नु: प्राधिकरण



काठमाडौ,बैशाख-५। लकडाउनका समयमा इन्टरनेट सेवा सूचारु राख्न इन्टरनेट सेवा प्रदायकलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ। यस समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महशुल नतिरेको भन्दै सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

लकडाउन समयमा  इन्टरनेट सेवाको महशुल ग्राहकले तिर्न नसक्दा  इन्टरनेट सेवा अवरुद्ध हुँदा आम मानिसमा त्यसको नकारात्मक असर पर्ने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट बिल भुक्तानी लिने व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ।

प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरुको इन्टनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्