हवाई उडान जेठ २ गतेसम्म बन्द



काठमाडौं,बैशाख-१३ ।सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान जेठ २ गते ( मे १५ )सम्म स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार समितिको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए।

सचिव विडारीले लकडाउन केकति थप्ने या नथप्ने भन्नेबारे मन्त्रिपरिषद बैठकले निर्णय गर्ने बताए । यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्