अदालतको आदेशपछि रिहा भएका अग्रवाल पुन: पक्राउ



काठमाडौ,बैशाख-१८। स्वास्थ्य सामग्री खरिद-बिक्रीमा कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक शुलभ अग्रवाल रिहा भए लगतै पुन पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान गर्नको लागि उनलाई पुनः पक्राउ गरिएको हो।

प्रहरीका अनुसार विभागले अनुसन्धान गर्नुपर्ने भन्दै उनलाई  पठाउन आदेश दिएपछि पक्राउ गरिएको हो। कोरोना महामारीका बेला कालोबजारी गरेको आरोपमा २५ दिनअघि पक्राउ परेका अग्रवाललाई बिहीबार काठमाडौं जिल्ला अदालतले साढे २५ लाख रुपैयाँ धरौटी बुझाएमा रिहा गर्न आदेश दिएको थियो।

कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्