विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघ्यो



एजेन्सी, बैशाख-२५। विश्वभर कोरोना भाइरसको कारण बिहिबार बिहानसम्म मृत्यु हुनेको संख्या २ लाख हजार ६५ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख हजार ६५ हजार  ४२ जना पुगेको हो ।

यस्तै विश्वभर संक्रमित हुनेको संख्या  ३८ लाख २ हजार ६ सय ६१ जना पुगेको छ भने १२ लाख ९२ हजार २ सय ९६ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

हालसम्म भाइरसका कारण सबैभन्दा बढी मृत्युदर अमेरिकामा रहेको छ।अमेरिकामा ७४ हजार ७ सय ९४ जनाले भाइरसका कारण ज्यान गुमाइसकेका छन् । यस्तै दोस्रोमा बेलायत रहेको छ। बेलायतमा ३० हजार ७६ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

त्यस्तै स्पेनमा २५ हजार ८ सय ५७, इटलीमा २९ हजार ६ सय ८४ र फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्