सरकारले विद्युत महसुलमा मिनाहा र छुट दियो



काठमाडौ,जेठ १५ । सरकारले विद्युत महसुलमा मिनाहा र छुट प्रदान गर्ने भएको छ । आउने वर्षको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले विद्युत उपभोक्तालाई मिनाहा र छुट दिने घोषणा गरेका हुन्।

ग्राहकलाई प्रदान गरिने छुट अन्तर्गत घरासयी साना विद्युत उपभोक्तामध्ये मासिक १० युनिटसम्म खपत गर्नेलाई निशूल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत छुट दिइनेछ । यस्तै खानेपानी र सिचाईं उपभोक्ताले तिर्नु पर्ने विद्युत शूल्क मिनाहा र विद्युत महसुलमा सहुलियत दिने व्यवस्था गरिएको छ।


कोभिड-१९ का कारण प्रभावित उद्योगहरूलाई लकडाउनको अवधिभर विद्युतको डिमान्ड शूल्क छुट दिने र माग कम हुने समयको विद्युतको खपतमा ५० प्रतिशत छुट दिने प्रवन्ध मिलाइएको अर्थमन्त्री खतिवडाले घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्