टोखा छहरेसहितका सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड विनियोजन



काठमाडौ,जेठ १५ । सरकारले टोखा छहरेसहितका सुरुङ्गमार्गका लागि ६ अर्ब ४२ करोड विनियोजन गरेको छ । आगामी वर्षको  बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले  काठमाडौंको टोखाबाट नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्ग सहितका सुरुङ्गमार्गका लागि उक्त रकम विनियोजन गरेको घोषणा गर्नुभयो ।

पछिल्लो समय छहरे टोखा सुरुङ मार्गका लागि भने चिनियाँ इन्जिनियर तथा  परामर्श टोलीले समेत अनुगमन गरि  प्रारम्भिक अध्ययन पूरा गरिसकेको छ।

अर्थमन्त्री डाक्टर  युवराज खतिवडाले  विनियोजित रकममध्येबाट टोखादेखि  नुवाकोटको छहरेसम्म बन्ने सुरुङमार्गका लागि  निमार्ण पक्रिया अगाडि बढाउन विनियोजित बजेटले टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सुरुङ मार्ग निर्माण पश्चात् चीनको सीमा जोडिएको रसुवागढी नाकादेखि नुवाकोट हुँदै काठमाडौंसम्म  व्यापार व्यवसाय बढ्ने, पर्यटन प्रवर्द्धन हुने र राजधानी काठमाडौं छिट्टै पुगिने नुवाकोट र रसुवावासी बताउँछन् ।

संघीय सांसद हितबहादुर तामाङको सुरुङ्गमार्ग बारे यसो भन्छन् :-

प्रतिक्रिया दिनुहोस्