वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण



काठमाडौ,जेठ २२ । वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको छ। ईङल्याण्ड भ्रमणको तयारीमा रहेको वेष्ट ईण्डिजका ३ क्रिकेटरमा कोरोना सक्रमण देखिएको हो । प्रशिक्षण सुरु गर्नुअघि गरिएको परिक्षणमा तीन जनामा सक्रमण पुष्टि भएको हो ।

वेष्ट ईण्डिज क्रिकेट बोर्डले खेलाडीको नाम समेत सार्बजनिक गरेको छ । टोलीका ब्याट्सम्यानहरु सिमरोन हेटमेर र डारेन ब्राभो तथा अलराउण्डर केमो पउलमा सक्रमण देखिएको बोर्डले जनाएको छ । उनीहरु टोलीको २५ जनाको सूचीमा अटाउदै प्रशिक्षणमा थिए । 


क्यारेबियन टोली जुन ९ मा लण्डन जाने तयारीमा थियो । क्यारेबियन टोली लण्डन पुग्नासाथ १४ दिन क्वारेन्टिनमा बसेरमात्र प्रशिक्षणमा जुट्ने छ ।

जुलाई ८ बाट उसले घरेलु टोली ईङल्याण्डसंग ३ टेष्टको सिरिज खेल्ने यसअघि नै तय भईसको छ ।  

प्रतिक्रिया दिनुहोस्