सांसद हितबहादुर तामाङको निर्वाचन  क्षेत्रमा ३ अर्ब बढी  रकम विनियोजित,कहाँ कति?(योजना सहित)



नुवाकोट,असार १ । नुवाकोटको क्षेत्र नम्बर १ अन्तर्गत सांसद हितबहादुर तामाङको निर्वाचन  क्षेत्रमा ३ अर्ब बढी  रकम विनियोजन भएको छ । केन्द्र सरकारद्वारा विनियोजित रकममध्ये  आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि झण्डै ३ अर्ब बढी रकम विनियोजन भएको हो ।आगामी वर्षका लागि नुवाकोटको क्षेत्र नम्बर १ मा २ अर्ब ९४ करोड ६७  लाख ६७  हजार रुपैयाँको विनियोजन भएको छ ।

सांसद तामाङको प्रतिनिधित्व रहेको  नुवाकोटको क्षेत्र नम्बर १ मा शिर्षक निर्धारण भएका योजना अनुसार खानेपानी अायोजना अन्तर्गत ६ करोड,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको २ महत्त्वपूर्ण अायोजनाका लागि २ करोड ,उर्जा , जलस्रोत तथा सिचाइ मन्त्रालयको  योजनाका लागि ४ करोड ५० लाख  र सोही मन्त्रालय मातहतका योजना पहिरो नियन्त्रण अायोजनालाई  १ करोड बराबर बजेट निर्धारण हुनसक्ने देखिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणका लागि २ करोड बजेट बढ्न सक्नेछ यद्यपि शिर्ष निर्धारणले यो तथ्य पुष्टिसंगै बजेटको आकार ३ अर्ब बढी हुन पुगेको हो।

वाग्मती प्रदेश सरकारको तर्फबाट उक्त निर्वाचन क्षेत्रको लागि कार्यक्रम र रकम भने अाउन बाकी नैछ। बजेटको आकार भने वृद्धि भएको छ।

बजेट अन्तर्गतका योजना हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस्