इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु



एजेन्सी,असार ३ । इङ्लिस प्रिमियर लिग फुटबल आजदेखि सुरु हुने भएको छ । इङ्लिस प्रिमियर लिग कोभिड–१९ का कारण करिब तीन महिनादेखि स्थगित रहेको थियो। नेपाली समय अनुसार राती १०ः४५ देखि सुरु हुने पहिलो खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडको प्रतिस्पर्धा हुने भएको छ ।

खेल सुरु हुनुअघि कोरोनाबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम तय गरिएको छ ।

कोरोना भाइरसको महामारी फैलिएपछि स्थगित भएका युरोपका चर्चित पाँच लिगमध्ये पुनः सुचारु हुने प्रिमियर लिग तेस्रो हो। यसअघि जर्मन बुन्डेस लिगा र स्पेनिस ला लिगा सुचारु भइसकेका छन्। इटालियन सिरिए सुचारु हुन बाँकी छ भने फ्रेन्च लिग यसअघि नै रद्द भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्