लिभरपुलविरुद्ध  म्यानचेस्टरको ४ गोल



एजेन्सी,असार १९ । इङलिश प्रिमियर लिग विजेता लिभरपुलमाथि म्यानचेस्टर सिटीले सफलता हासिल गरेको  छ । गएराती सम्पन्न भएको  खेलमा सिटीले लिभरपुलमाथि ४-० को जित हासिल गरेको हो ।

सिटीको जितमा केभिन डि ब्रुने, रहीम स्टरलिन र फिल फोडेनले एक एक गोल गरेका थिए भने एक गोल एलेक्स च्याम्बरलिनले आत्मघाती गोल गरेका थिए । लिभरपुलको यस खेल दोस्रो हारको रुपमा रहेको छ ।

यो जितपछि सिटीले भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीमाथि ११ अंकको अग्रता हासिल गरेको छ । सिटीको ३२ खेलमा ६६ अंक भएको छ भने उपाधि जितेको लिभरपुलको ३२ खेलमा ८६ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको लेस्टरको ३२ खेलमा ५५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्