जमैकाबाट सन्दीप लामिछानेले सीपीएल भिड्ने



काठमाडौ, असार २३ । नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) जमैका तलावाजबाट भिड्ने भएका छन् । कोरोनाको कारण भर्चुअल ड्राफ्टमा सन्दीप जमैका तलावाजबाट दोस्रो राउण्डमा छनोट भएका थिए । सन्दीपले ड्राफ्टमा ९० हजार डलर मूल्य मागेका छन् ।

उनी पहिलो संस्करणमा ५ हजार तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्धित भएका हुन् ।पछिल्लो तेस्रो संस्करणमा उनी ९० हजार डलरमा अनुबन्ध भएका हुन् । सन्दीपले यो नै अहिलेसम्मकै सर्वाधिक ठूलो रकममा खेल्न लागेका हुन् । सन्दीप ड्राफ्टमा सहभागी ५ सय ३७ खेलाडी मध्ये एक्लो नेपाली हुन् ।

यसअघि सन्दीपले सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्