सुनको भाउ फेरि बढ्यो, आज कति ?



काठमाडौं २४ असार । नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ । मंगलबार ७ सयले बढेको सुन बुधबार फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

मंगलबार ९० हजार ९ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि ९१ हजार नाघेको छ। बुधबार ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलामा ९५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्