सुनको भाउले बनायो नयाँ कीर्तिमान, आज तोलामा कति ?



काठमाडौं असार २५ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । बिहीबार ९ सय बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महास‌ंघले जनाएको छ । यसअघि नेपाली बजारमा छापावाल सुन सबैभन्दा बढी ९१ हजार ७ सय पुगेको थियो ।

बुधबार छापावाल सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार ९१ हजार ६० निर्धारण गरिएको तेजावी सुनको मूल्य बिहीबार तोलाको ९१ हजार ९ सय ६५ रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाले बढेर ९ सय ८० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्