व्यावसायिक बैंकिङ किस्ता र ब्याज तिरिदिन एफएनसीसीआईको आग्रह



काठमाडौं ३० असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यावसायिक कर्जाको बैंकिङ किस्ता र ब्याज तिरिदिन आग्रह गरेको छ । कोभिड-१९ का कारण व्यापार व्यवसाय चौपट भएकाबाहेकका व्यवसायीहरुलाई बैंकको किस्ता र ब्याज तिरिदिन आग्रह गरेको हो ।

तर आर्थिक अवस्था अत्यन्त कमजोर भएका र बैकिङ किस्ता ब्याज चलाउन नसक्ने अवस्थामा रहेकाहरुलाई भने महासंघले नआत्तिन भनेको छ । महासंघले विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको समस्या र हकहितका लागि सदैव लागिरहने बताएको छ । महासंघले सम्बन्धित विषयमा सरकारसँग लबिङ गरिरहेको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्