उद्योग वाणिज्य महासंघमा ढकाल समूहको उम्मेदवारी घोषणा



काठमाडौं ३० असार । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले आज उम्मेदवारी घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो समूहमा उम्मेदवारको समेत घोषणा गरेका हुन् । समूहमा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारीको उम्मेदवारी घोषणा भएको छ । उनी हाल महासङ्घको प्रदेश ५ कमिटीको अध्यक्ष छन् । यस्तै वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने देखिएको छ ।

त्यस्तै एसोसिएट उपाध्यक्षमा रामचन्द्र सङ्घाईलाई उम्मेदवार बनाइने भएको छ । यसअघि वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । महासङ्घका वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । सोही प्रावधानका कारण वरिष्ठ उपाध्यक्षको पद आकर्षक देखिएको छ ।

आगामी साउन २६ र २७ गते महासङ्घको अधिवेशन हुने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्