कोरोना रोकथाम कोष वाग्मती प्रदेशलाई सूर्य नेपालको १ करोड सहयोग



काठमाडौ,साउन १ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोष वाग्मती प्रदेशलाई सूर्य नेपाल प्रालिले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीले उक्त रकमको चेक वाग्मती  प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई  हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले कोषमा रकम सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै सबैको सहयोगले मात्रै कोरोना माथि विजय हासिल हुने बताए।

सूर्य नेपाल प्रालिका उपाध्यक्ष केसीले कोरोना विरुद्धको अभियानमा प्रदेश सरकारले देखाएको सक्रियतालाई साथ दिन सहयोग गरेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रमुख सचीव तोयम राय, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्