सञ्चार माध्यमको नवीकरणमा सरकारले दियो छुट



काठमाडौ,साउन १ । सञ्चार माध्यमको नवीकरणमा सरकारले छुट दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको समेत जिम्मा पाएका अर्थमन्त्री डा. खतिवडाले कोभिड–१९ का कारण समस्यामा परेका सञ्चार माध्यमलाई सहुलियत दिन सञ्चार माध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय भएको बताए ।

रेडियो सञ्चार नियमावली २०७७,राष्ट्रिय प्रसारण नियमावली २०७७ र चलचित्र नियमावली २०७७ संशोधन गरी सञ्चार माध्यमलाई लिइने नवीकरण शुल्क छुट दिने निर्णय सरकारले गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्