राखेप सदस्य–सचिव पदका लागि निवेदन दिने २७ जना को को हुन् [सूचीसहित]



काठमाडौं १ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् । राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्त भएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा बिहीबार दरखास्त दिने समय सकिएको हो ।

  • सदस्य–सचिवमा आवेदन दिनेमा

  • निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवाल
  • ललितपुरका रोशन महर्जन
  • भरतपुरका अनिल अधिकारी
  • सोलुखुम्बुका हर्कबहादुर राई
  • सुनसरीकी मिना श्रेष्ठ
  • डडेलधुराका शिवराज भट्ट
  • बाग्लुङका लिलबहादुर थापा मगर
  • काठमाडौँका रवि राजकर्णिकार,
  • काठमाडौँकै अचुतम लामिछाने
  • ललितपुरकी निलमसिंह बज्राचार्य
  • झापाका मेघराज पौडेल
  • काठमाडौँका रामेश्वर श्रेष्ठ
  • ललितपुरका अच्युत खनाल
  • पोखराका मनबहादुर गुरुङ
  • मोरङका विजयकुमार राई
  • काठमाडौँका सानुराजा केसी
  • किशोर शाही
  • ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही
  • काठमाडौँका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने
  • बाजुराका खेमराज अधिकारी
  • काठमाडौँका राम पुडासैनी
  • ललितपुरका सुनिल नकर्मी
  • काठमाडौँका रणबहादुर चन्द
  • मकवानपुरका दीपेन्द्र ढकाल
  • कास्कीका तेजबहादुर गुरुङ

प्रतिक्रिया दिनुहोस्