स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुम्यो



एजेन्सी,साउन २ । स्पेनिस ला लिगको उपाधी रियल म्याड्रिडले चुमेको छ। बिहीवार राति भएको खेलमा भिल्लारियललाई २-१ गोलले पराजित गर्दै रियल च्यम्पियन बनेको हो यद्यपि एक खेल अगावै रियल च्याम्पियन बनेको हो ।

यस अघि ३३ पटक रियलले  स्पेनिस ला लिगाको उपाधि हासिल गरिसकेको छ। यो इतिहासमै ३४ औं पटकको उपाधी हो।  रियलले लिगको एक खेल बाँही रहँदा शीर्ष स्थानमा सात अंकको अग्रता बनाउँदै लिग च्याम्पियन बनेको हो ।

घरेलु टोली रियलको जितका लागि दुबै गोल करिम बेन्जेमाले गरेका थिए । खलेको २९ औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले क्रोएसियन मिडफिल्डर लुका मोड्रीचको पासमा गोल गर्दै रियलाई पहिलो हाफमा १-० गोलको अग्रता दिलाएका हुन् ।

त्यसपछि दोस्रो हाफमा रियलले एक गोल गर्दा एक गोल खान पुगेको थियो । ७७ औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । ८३ औं मिनेटमा भिल्लरियलका भिसेन्ट इबोर्राले गोल गर्दै खेलमा फर्किने प्रयास गरे । उनले मारिया गास्पारको पासमा गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । तर त्यसपछि थप गोल हुन नसक्दा खेल रियलले जितेको हो ।

जितसँगै रियलले ३७ खेलबाट ८६ अंक जोड्दै दोस्रो स्थानमा रहेको बार्सिलोनालाई सात अंकले पछि पार्दै लिग च्याम्पियन बन्यो । समान खेल खेलेको बार्सिलोनाको ७९ अंक छ । भिलारियल ५७ अंकसहित पाँचौं स्थानमा छ 

प्रतिक्रिया दिनुहोस्