चेल्सी एफए कपको उपाधि नजिक



काठमाडौं । आइतबार म्यानचेष्टर युनाइटेडलाई दोस्रो सेमिफाइनलमा ३-१ ले पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको उपाधि नजिक पुगेको छ ।

चेल्सीले अब फाइनलमा अर्को लन्डन क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले अर्को म्यानचेष्टर क्लब सिटीलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । वेम्बलीमा भएको लमा चेल्सीले पहिलो हाफमा १ र दोस्रो हाफमा २ गोल गरेको थियो । पहिलो हाफको इन्जुरी टाइममा ओलिभर जिरुडको गोलबाट चेल्सीले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै मासोन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मगुइरले आत्मघाती गोल गर्दा चेल्सीले ३-० को अग्रता बनाएको थियो । ८६औं मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत युनाइटेडका लागि सान्त्वना गोल फर्काए । चेल्सीका कलुम हड्सन ओडोले एन्टोनी मार्सिएललाई फाउल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्