वाटफोर्डका तेस्रो व्यवस्थापक पनि बर्खास्तीमा



लन्डन ५ साउन । इंग्लिस प्रिमियर लिगमा आफ्ना दुई खेल बाँकी रहेको बेला आइतबार व्यवस्थापक नाइजेल पियर्सनलाई बर्खास्त गरिएको छ ।
यो सिजन उनी बर्खास्तीमा पर्ने वाटफोर्डका तेस्रो व्यवस्थापक हुन् । यसअघि ज्याभी गार्सिया र सान्चेज फ्लोरेस पनि बर्खास्तीमा परेका थिए ।

वाटफोर्ड रेलिगेसन क्षेत्रबाट तीन अंक माथि छ । अब लिगका अन्तिम दुई खेलमा टिम यु-२३ प्रशिक्षक हेन मुलिन्सले सम्हाल्ने छन् ।
पियर्सनलाई डिसेम्बरमा मात्र नियुक्त गरिएको थियो । वाटफोर्डको अन्तिम दुई खेल म्यानचेस्टर सिटी र आर्सनलविरुद्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्