३९ अर्बको विदेशी लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?



काठमाडौं साउन ५ । उद्योग क्षेत्रमा गत आर्थिक वर्ष २०७६/०७७ का लागि ३९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार २ सय २६ उद्योगमा ३८ अर्ब ६५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको हो । विभागको तथ्याङ्कअनुसार कूल लगानीमध्ये सबैभन्दा धेरै चीन सरकारबाट आएको छ ।

चीनबाट १७४ उद्योगमा रु २५ अर्ब ५७ करोड प्रतिबद्धता आएको विभागका प्रवक्ता विनोदकुमार खड्काले जानकारी दिए । उनका अनुसार चीनपछि भारतबाट १६ उद्योगमा तीन अर्ब ५७ करोड लगानी प्रतिबद्धता आएको छ । दुई सय २६ उद्योगका लागि विभिन्न १७ देशबाट लगानी प्रतिबद्धता आएको जनाइएको छ ।

कुन क्षेत्रमा कति लगानी

विभागमा प्रतिबद्धता आएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आएता पनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेका खड्काले जानकारी दिए । उनका अनुसार सेवामूलक क्षेत्रमा ७३ उद्योगका लागि रु एघार अर्ब ३५ करोड, पर्यटन क्षेत्रमा ८१ उद्योगका लागि रु दश अर्ब ९६ करोड ६९ लाख, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि रु ७० अर्ब ८१ करोड प्रतिबद्धता आएको छ ।

यसैगरी उत्पादनमूलक क्षेत्रका २३ उद्योगमा रु दुई अर्ब ७६ करोड, ऊर्जा क्षेत्रका आठ उद्योगमा रु छ अर्ब तीन करोड, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि रु ४४ करोड ७४ लाख बराबरको लगानी प्रतिवद्धता आएको छ ।

प्रतिक्रिया दिनुहोस्