भदौ १ देखि सबै व्यावसायिक उडान खोल्ने मन्त्रिपरिषद्को निर्णय, पर्यटन मन्त्रालयलाई प्रोटोकल बनाउने जिम्मा



काठमाडौं साउन ५ । नेपाल सरकारले आगामी भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यावसायिक उडान खोल्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ।

सरकारले कोरोना भाइरस (कोभिड १९) जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा रोक लगाउँदै आएको छ ।

तस्बिर सौजन्य : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय ।

प्रतिक्रिया दिनुहोस्