ट्वी-ट्वान्टी क्रिकेट विश्‍वकप एक वर्ष पछाडि सार्ने आईसीसीको निर्णय



दुबई साउन ५ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले यो वर्षको ट्वान्टी ट्वान्टी विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको छ ।

आईसीसीको सोमबार बसेको बैठकले कोरोना महामारीका कारण अस्ट्रेलियामा तय भएको यस वर्षको ट्वान्टी ट्वान्टी क्रिकेट विश्‍वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको हो । यसअघि अस्ट्रेलियाली क्रिकेट बोर्डका प्रमुख इर्ली इडिङ्सले यस वर्षको अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने प्रतियोगिता गर्न सकिने अवस्था नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्