१३औं खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने



काठमाडौं ६ साउन । काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ औं साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ ।

मंगलबार यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखी उक्त निर्णय गरेको जानकारी दिइयो । विभागका प्रमुख मोहनबहादुर बस्नेतले टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिने पनि बताए ।
यसैगरी काङ्ग्रेस सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको बस्नेतको भनाइ छ ।

विभिन्न विधाका प्रशिक्षकहरुको व्यवस्था गरी वडा तहसम्म खेलकूद गतिविधि सञ्चालन गर्ने, प्रजातन्त्रवादी नेताहरुको सम्मानमा राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिता गरिने सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्