राम लक्ष्मणको चित्र अङ्कित हजारको नोट निष्कासन



काठमाडाैँ,साउन ७ । राम लक्ष्मणको चित्र अङ्कित हजार नोट नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने भएको छ। चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र अङ्कित रु १००० को नयाँ नोट राष्ट्रबैंकले निष्कासन गर्ने भएको हो । 

केन्द्रीय बैंकले एक सूचना जारी गर्दै नयाँ नोट निष्कासन गर्ने जनाएको छ । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो ।

बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ ।

नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्