टोखाका पञ्‍चकाजीले फलाए एक किलोको करेला (भिडियो)



नमूना कृषक पञ्चकाजी श्रेष्ठ एक केजी तौलको करेला सहित

साझापथ संवाददाता

काठमाडौं, साउन ७ । टोखा नगरपालिका वडा नम्बर २ का पञ्चकाजी श्रेष्ठले एक किलोको तौलको करेला फलाएका छ्न् । टोखा नगरको सपना तिर्थस्थित सफल कृषि फामका संचालक श्रेष्ठले एक किलोको करेला फलाएका हुन् ।

झण्डै दुई दशकदेखि तरकारीजन्य खेती गर्दै आएका श्रेष्ठले पछिल्लो समयमा लगाउदै आएको करेलाको तौल आफुले सोचेभन्दा फरक आएको बताउँछन् । करेलाको बजार उपभोक्ता माग सय ग्राम उपयुक्त मानिएपनि श्रेष्ठले लगाउदै आएको करेलाको तौल भने दस गुणा बढी देखिएको छ।

कृषि जोनका राम पुडासैनीले करेलाको उपयुक्त तौल पाँच सय ग्रामसम्म हुने बताए। उनले पाली जातको करेला भने पाँच सय भन्दा बढी तौलसम्म फल्ने भएकाले यो अनौठो नभएको बताए।

कृषक पञ्चकाजी श्रेष्ठले १२ रोपनी जग्गा क्षेत्रमा गोलभेडा,काउली,साग जस्ता तरकारीजन्य खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट वार्षिक २० लाखसम्म आम्दानी लिन सफल भएको साझापथलाई बताए ।

एक किलोको करेला हेर्नुस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्