सुप्रमा-ईप्रमा पुरस्कारबाट कवि खेरेस पुरस्कृत



लन्डन,साउन १० । अनेसास यूके च्याप्टरमार्फत प्रदान हुँदै आएको यस वर्षको सुप्रमा-ईप्रमा पुरस्कार कवि देवेन्द्र खेरेसलाई दिइएको छ । उनको कवितासंग्रह ‘कोलम्बस यात्रा’ को लागि प्रदान गरिएको छ ।

शनिबार २५ जुलाईका दिन सभापति लाराको सभापतित्व तथा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, नेपाल, नवनिर्वाचितत्रय अध्यक्ष प्रकाश पौडेल ‘माइला’,जापान, वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा, अमेरिका, सदस्य डा रेणुका सोलु, नेपाल, सल्लाहकार सुमलकुमार गुरुङ तथा बेलायतका साहित्यकारहरुको समुपस्थितिमा जुममार्फत मनाइएको भानु तथा ईश्वर जयन्तीको अवसरमा पुरस्कार समितिको तर्फबाट डा रुपक श्रेष्ठद्वारा यस वर्षको पुरस्कार घोषणा गरिएको हो ।

बेलायती- नेपाली डायस्पोराका आदिकवि ईश्वरप्रसाद मानन्धरले आफ्ना स्व. पिता सुन्दरप्रसाद मानन्धरका स्मृतिमा सन् २०१२ मा स्थापित सो पुरस्कारको रकम २ सय ५१ पाउन्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्