विदेशिएका दिदीबहिनीको कथाव्यथा समेटिएको ‘बरिलै’ तीजगीत सार्वजनिक [भिडियो]



टोकियो साउन ११ । रोजगारीको सिलसिलामा केही वर्षदेखि जापान बस्दै आएका लोकलोहोरी गायक बेग रानाले तीजगीत बजारमा ल्याएका छन् । उनले ‘बरिलै’ तीजगीत आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

‘बरिलै’मा स्वर गायक राना र गायिका मञ्जु लावतीको रहेको छ । लय र संगीत भने गायक राना स्वयम्ले भरेका छन् ।

गीतको म्यूजिक भिडियोको निर्देशन निसान एस.के., छायांकन दीपक गिरी र सम्पादन अमृत चापागाईंले गरेका हुन् । म्यूजिक भिडियोमा दिनेश कठायत, पुजन घिमिरे लगायतको अभिनय रहेको ।

गीतको एरेन्ज कृष्ण बि.क. को रहेको छ भने रेकर्डिङ मालश्री स्टुडियोमा गरिएको हो ।

गीत परदेश गएकी दिदीबहिनी कथाव्यथा समेटिएको गायक रानाले बताए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्