गोलीगाँठोमा चोट लागेकाले एमबाप्पेको खेलमा तीन हप्ता ब्रेक



पेरिस सेन्ट साउन १३ । जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन हप्ता मैदान नखेल्ने भएका छन् ।

दायाँ गोडाको गोलीगाँठोमा लागेको चोटका कारण उनी केही हप्ता मैदान बाहिर रहने भएको हो । उनले आउँदो अगस्ट १२ मा लिस्बनमा हुने इटालियन क्लब एट्लान्टासँगको च्याम्पियन्स लिग क्वाटरफाइनलको खेल गुमाउने भएका हुन् ।

२१ वर्षका एमबाप्पे फ्रेन्च कप अन्तर्गत शुक्रबार राति भएको फाइनल खेलको क्रममा चोटग्रस्त भएका थिए । चोट लागेपछि रुँदै मैदानबाट बाहिरिएका उनको डाक्टरहरुले निगरानी गरिरहेका छन्। उनी पिएसजी सेमिफाइनलमा पुग्न सकेमा १८ अगस्टमा हुने खेलका लागि भने मैदानमा उपलब्ध हुन सक्ने छन् ।

स्क्यानहरुबाट यो थाहा भएको छ कि उनको गोलीगाँठोको बाहिरी लिगामेन्ट च्यातिएको छ ।

प्रतिक्रिया दिनुहोस्