सन्दिप सीपीएल खेल्न जाने बल्ल भयो ‘फिक्स’



काठमाडौं साउन १४ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने वेस्ट इन्डिज जाने बल्ल फिक्स भएको छ ।

अन्तर्राष्ट्रिय हवाई उदान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अन्योल थियो । तर नेपाल सरकारले सहजीकरण गरेपछि अब उनी त्यहाँ जाने निश्चित भएको सन्दीपको नेपाल स्थिति व्यवस्थापक रमन सिवाकोटीले ट्विटबाट त्यसको पुष्टि गरेका छन् ।

उनले सन्दीप जुलाई ३० मा त्यसतर्फ जाने बताएका छन् र यसका लागि चार्टर गरिएको कोरियाली विमान प्रयोग गर्नेछन् । शिवाकोटीका अनुसार अगस्ट १ सम्ममा उनी क्यारेबियन पुगिसक्ने छन् ।

सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरका अनुबन्ध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्