पछिल्लो खेलमा युभेन्ट्सको लज्जास्पद हार



एजेन्सी । सिरि ए फुटबलको लिग च्याम्पियन युभेन्ट्सले पछिल्लो खेलमा लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति युभेन्ट्सले काग्लियारीसँग दुई शुन्य गोल अन्तरले हार ब्यहोरेको हो । खेलको आठौं मिनेटमा लुका गागलियानोले घरेलु टोली काग्लियारीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा जियोवन्नी सिमोनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा दुवैतर्फबाट थप गोल हुन नसकेपछि च्याम्पियन युभेन्ट्सले हारको नतिजा ब्यहोरेको हो ।

युरोपेली क्लब फुटबलमा सर्वाधिक गोलको दौडमा रहेका रोनाल्डो पनि बुधबार राति निराश बने । उनी काग्यिारीबिरुद्ध गोल गर्न असफल रहे । उनी ३१ लिग गोल गर्दै सिरि एमा सर्वाधिक गोलकर्ताको दौडमा दोस्रो स्थानमा थिए ।

तर युरोपको गोल्डेन बुटको दौडमा रोनाल्डो सिरि ए क्लब लाजियोकै फरवार्ड सिरो ईम्मोबिलसंँग चार गोलले पछि परेका छन् । ईम्मोबिलले सिरि एको यो सिजनमा ३५ गोल गर्दै सर्वाधिक गोलकर्ताको दौडमा शीर्ष स्थानमा छन् ।

रोनाल्डोका लागि यस सिजनको गोल्डेन बुटको सम्भावना लगभग सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्