तपाईं सुन किन्दै हुनुहुन्छ ? बिहीबार नेपालमा प्रतितोला ९९ हजार रुपैयाँ



काठमाडौं साउन १५ । के तपाईं सुनका गरगहना किन्दै हुनुहुन्छ ? त्यसो हो भने बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलाको ९९ हजार रुपैयाँ एक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रतितोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको हो ।

अघिल्लो दिनको तुलनामा तोलामै ५ सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ । पछिल्लो महिना सुनको मूल्य लगातार बढिरहेको छ ।

विश्‍वभरी कोभिड १९ को महामारीले व्यापार चौपट परिरहेको बेला सुनको भाउ भने खपत बढी भएसँगै निरन्तर मूल्य उकालो लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्