भारतीय क्रिकेट बोर्डले गर्‍यो आईपीएलको औपचारिक घोषणा



नयाँ दिल्ली साउन १९ । यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा हुने औपचारिक घोषणा गरिएको छ । प्रतियोगिता जैविक रूपमा सुरक्षित तीन रंगशालामा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने भारतीय क्रिकेट बोर्डले जनाएको छ ।

ट्वान्टी–२० क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता तालिकाअनुसार मार्चमा हुनुपर्थ्यो तर कोरोना भाइरस संक्रमणका कारण धकेलिएको हो । यसै कारण बोर्डले ५३ करोड ३४ लाख डलर गुमाउने स्थिति उत्पन्न भएको थियो ।

यो वर्ष अस्ट्रेलियामा हुनुपर्ने ट्वान्टी–२० विश्वकप रद्द भएपछि आईपीएल गर्ने बाटो खुलेको हो । भारत अझै पनि महामारीबाट उम्कन संघर्षरत रहेकाले त्यहाँ प्रतियोगिता गर्न सम्भव नभएपछि यूएईमा सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्