सुनको मूल्य तोलाको एक लाख नाघ्यो



काठमाडौं,साउन २१ । सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । यो मुल्य अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको १ लाख एक हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रति औंस ४० डलरले बढेकाले नेपालमा पनि यसको प्रभाव परेको हो ।

मंगलबार र सोमबार स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ ।

चाँदी तोलाको १२ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्