न्यून दृष्टि भएका ३ महिला क्रिकेट खेलाडी सम्मानित



काठमाडौं साउन २२ । नेपाल नेत्रहीन क्रिकेट संघले तीन न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी रहेका छन् ।

संघले बुधबार आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा तीनै जनालाई ‘ज्योति केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको हो । तीनै जनालाई जनही रु पाँच हजारसहित सम्मान गरिएको संघले जनाएको छ ।

सम्मानित हुने भट्टराई नेत्रहीन राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तानसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्