काठमाडौंमा मजदुरको ज्याला बढ्यो [कसको कति पुग्यो ?]



तस्बिर : साझा पथ

काठमाडौं साउन २२ । जिल्ला दररेट निर्धारण समितिले बजार महँगी बढ्दै गएपछि दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक बढाएको छ । समितिले निर्धारण गरेको दररेटअनुसार अब सरकारी काममा खटिने मजदुरको दैनिक ज्याला १०० रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदुरको ज्याला बढाइएको हो ।

निजी तथा गैरसरकारी संघ–संस्थामा दैनिक ज्याला मजदुरी गर्नेको पारिश्रमिक पनि बढेको छ । अब डकर्मी, सिकर्मी, चित्रकार र पेन्टरको ज्यालामा १०० रुपैयाँ बढेको छ । यसअघि दैनिक ८०० रुपैयाँ पाउने मजदुरले अबदेखि ९०० पारिश्रमिक पाउनेछन् ।

  • दैनिक ज्याला
  • ज्यामी ६००
  • प्लम्बर ६८८
  • सिनियर पलम्बर ७००
  • इलेक्ट्रिसियन हेल्पर ६००
  • इलेक्ट्रिसियन ७००
  • निर्माण सामग्री परीक्षण गर्ने ल्याब असिस्टेन्स ६४०
  • टेक्निसियन ७४५
  • हलुका ड्राइभर ६६०
  • हेभी ड्राइभर ७३०
  • हेभि इक्विप्मेन्ट अप्रेटर ८२०
  • ड्राइभर सहयोगी ६००
  • नगर निरीक्षकअर्थात कार्यालय सहयोगी सरहलाई ६००
  • नर्सरी नाइके, क्याम्पस वर्कर, चौकीदार, कुचीकार, सर्भे हेल्पर र माली ६००

मजदुरको हकमा २६ दिनसम्म काम गरेको खण्डमा एक महिना मान्नुपर्ने समितिले निर्णय गरेको छ । अबदेखि मजदुरले २६ दिनमात्रै काम गरे पनि एक महिनाको पारिश्रमिक उपलब्ध गराउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत पदमलाल लामिछानेले नेपाल सरकारको आर्थिक ऐनअनुसार सरकारी क्षेत्रका काम गर्ने मजदुर र निर्माण सामग्रीको हकमा मूल्य निर्धारण गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्