राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित



काठमाडौं साउन २३।

नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण अनिश्चित समयलाई स्थगित गरेको छ ।

तत्काल कुनै महत्वपूर्ण प्रतियोगिता नभएको अवस्था र कोरोनाको संक्रमण बढेसंगै क्यानले प्रशिक्षणलाई तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको हो ।

क्यानले राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको थियो । त्रिवि मैदान कीर्तिपुरमा क्वारेन्टिन बनाउनेदेखि खेलाडीको पीसीआर जाँचसम्मको तयारी क्यानले अघि बढाएको थियो ।

तर कोरोना संक्रमितको संख्या बढ्ने देखिएसंगै क्यानले खेलाडीको प्रशिक्षण तत्काललाई स्थगित गरेको हो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले क्रिकेटको प्रशिक्षण सुरु गर्न कम्तिमा डेढ, दुई महिना लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्